प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि भएको ठूलो मानवीय र भौतिक क्षतिबारे छलफल गर्न आइतबार बिहानका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

स्थलगत निरीक्षणका लागि भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिममा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ८ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

उक्त बैठकमा भूकम्पको क्षतिबारे छलफल हुनुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुनर्स्थापनाबारे थप निर्णय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर