नेपाली खेलाडीहरु कालोपट्टी बाँधेर मैदानमा

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् ।

जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा ज्यान गुमाएका तथा घाइते भएकाहरुको सम्झनामा नेपाली खेलाडीले कालोपट्टी बाँधेर खेलिरहेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् ।

कप्तान रोहित पौडेलले आज (आइतबार)को फाइनल खेल भूकम्पपीडितहरुप्रति समर्पित हुने बताए। जारी खेलमा नेपाल टस जितेर ब्याटिङ गरिरहेकाे छ ।

यसअघि नेपाल क्रिकेट संघ क्यानले फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *