ओमानले लियो नेपालको चौथो विकेट

टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि नेपाल र ओमानबीच खेल भइरहेको छ।

टीयू क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानविरूद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ।

९.६ ओभरमा नेपालका कुशल मल्ल आउट भएका हुन्। उनी अकिब इलियासको बलमा बोल्ड भएका हुन्।

कुशलले ९ बल खेलेर ३ रनमात्रै बनाए।

आठौं ओभरसम्म पुग्दा नेपालले ओपनर आशिफ शेख, कुशल भुर्तेल र सन्दीप जोरालाई गुमाएको थियो।

आशिफ शेख २.४ ओभरमा, जोरा ६.१ ओभरमा र कुशल भुर्तेल ७.१ ओभरमा आउट भएका हुन्। ६ बल खेलेका आशिफ ६ रन बनाउँदै आउट भए। उनी ओमानका बिलाल खानको बलिङमा काश्यप प्रजापतिबाट क्याच आउट भए।

आशिफको विकेटपछि आएका जोरा १३ बल खेलेर १० रन बनाउँदै आउट भए। उनी जिसन मक्सुदबाट बोल्ड भए।

७.१ ओभरमा अर्का ओपनर कुशल भुर्तेल आउट भए। उनी अकिब इलियासको बलमा मेरान खानबाट क्याच आउट भए।

कुशलले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रनको योगदान गरे।

अहिले कप्तान रोहित पौडेल र गुल्सन झा ब्याटिङमा छन्।

१०.३ ओभर सकिँदा नेपाल ६१ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *