गालीगलौजको प्रवृत्तिले कांग्रेस कमजोर भयो : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसभित्र आन्तरिक रूपमा एकले अर्कालाई गाली गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा ‘क’ को दधिकोटमा आज आयोजना गरिएको प्रथम सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीभित्र उत्पन्न विभिन्न गुटउपगुटका कारण पार्टी कमजोर भएको बताए । उनले भने, ‘एकले अर्कोलाई गाली गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्ताको भावनामा ठेस पुग्दा पार्टी कमजोर भएकाले यस्ता गतिविधि रोक्नुपर्छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य रमा कोइराला पौडेलले पार्टी विधानसम्मत् रुपमा चल्न सके सबै समस्या समाधान हुने औँल्याए ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले नयाँ पार्टीले चाहेर पनि कांग्रेसको इतिहास मेटाउने नसक्ने बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर