विश्वकपमा छनोट क्रिकेट टोलीलाई ५० लाख रूपैयाँ पुरस्कार दिने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रूपैयाँ पुरस्कार दिने भएको छ ।

सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रूपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए ।

काठमाडौंमा भएको टी-२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो ।

तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।

यस्तै बैठकले एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रूपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

बैठकले हङकङमा हुने महिला टी-२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निर्णय पनि गरेको खड्काले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय पनि गरेको खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *