मन्त्रीका अंगरक्षक असई मृत फेला

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका सुरक्षा अधिकारी सालको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी सहायक निरीक्षक (असई) यमबहादुर सुबेदी हेटौंडा ११ स्थित बनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी धादिङ जिल्लाको खानीखोला इलाका प्रहरी कार्यालयमा दरवन्दी रही मन्त्री दुलालको अंग रक्षकको जिम्मेवारीमा थिए ।
प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले शब बुझेर पोष्टमार्टमको प्रक्रिया भइरहेको पर्दाफासलाई बताए । उनले घटनास्थलमा कुनै ‘सुसाइड नोट’ भेटिएको छैन् । ‘अहिले केही निचोडमा पुगिहाल्ने अवस्था रहेन्,‘ डीआईजी कडायतले पर्दाफाससँग भने, ‘प्रदेश प्रहरी अनुसन्धानमा खटिएको छ।’

छालाको पेटीले घाँटी कसेर झुन्डिएको अवस्थामा शब देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफैले लगाएको पेटीमा बेरिएर खुट्टासमेत टेकी बसेकोजस्तो देखिएका सुवेदीको हत्या भएको हुनसक्ने अनुमान स्थानीय बासिन्दाले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर