शौर्य सिमेन्ट ईण्डष्ट्रिज लिमिटेडद्धारा ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ को आयोजना

शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ । यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्नेछन् ।

प्रतियोगिता ३ बिभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभागि महिलाहरुले आफ्नो विस्तृत जानकारी एवम आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट र फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाटसएप नम्बर ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिकार नगरपालिकामार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको कम्पनीले जनाएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेको छ ।

फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि छानिने छन् । दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्नेछ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योगभित्र नै संचालन हुनेछ ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु छानिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने छ । उनीहरुले बनाएको भएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।

यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई पाँच हजार रुपैयाँ उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

यस प्रतियोगितामा सहभागि हुनको लागि कम्पनीको आधिकारिक वेभसाईट र फेसबुक पेजमा गएर उल्लेखित क्यूआर कोड स्क्यान गरी फारम भर्न सकिने कम्पनीले जनाएको छ । आवश्यक सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक सामाजिक संजालमा प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर