प्रधानसेनापति शर्मा र स्विटजरल्याण्डकी राजदूतबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्विटजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीबिच भेटवार्ता भएको छ।

प्रधानसेनापति शर्मालाई भेट्न राजदूत मेउली बुधबार सैनिक मुख्यालय जंगीअड्डा पुगेकी थिइन्।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर