‘१२ बुँदे’ पक्षधरहरूको बैठकप्रति रवीन्द्र मिश्रले गरे २५ बुँदामा कटाक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘१२ बुँदे’ पक्षधरहरूको बैठकप्रति २५ बुँदे कटाक्ष गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थाप्रति खतरा बढेको भन्दै मंगलबार १२ बुँदे, संविधान निर्माणमा सहभागी दलको बैठक राखेपछि त्यसप्रति उपाध्यक्ष मिश्रले कडा टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीमा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन । समयमै चेतना जागोस् ।’

यस्ता छन् मिश्रका २५ बुँदे टिप्पणी :
१. व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे – राजसंस्थावादीले गर्दा ।

२. देशभर ५०% सटर बन्द छ – राजसंस्थावादीले गर्दा ।

३. ठूला व्यापारी ठूलो संकटमा छन् – राजसंस्थावादीले गर्दा ।

४. अर्थतन्त्रमा ऋणभार झण्डै ४५ प्रतिशत भयो – राजसंस्थावादीले गर्दा।

५. गभर्नर भन्छन्, अर्थतन्त्रमा संकट आउन सक्छ – राजसंस्थावादीले गर्दा ।

६. विकास खर्च १७% मा झर्यो – राजसंस्थावादीले गर्दा ।

७. प्राध्यापक, कर्मचारी, वकिलदेखि सबैको दलीय संगठन बन्यो – राजसंस्थावादीले गर्दा।

८. सेनाबाहेक राज्यका हरेक अंगको घातक राजनीतिकरण भयो – राजसंस्थावादीले गर्दा।

९. सार्वजनिक शिक्षा र स्वास्थ्यको स्थिति तन्नम भयो – राजसंस्थावादीले गर्दा।

१०. देश संसारकै भ्रष्टमध्येको भयो – राजसंस्थावादीले गर्दा।

११. नेपाल एसियाकै गरिब देश भयो – राजसंस्थावादीले गर्दा।

१२. ललितानिवास, शरणार्थी, सुनलगायत अन्य सयौँ काण्ड भयो – राजसंस्थावादीले गर्दा।

१३. जातीय र धार्मिक हिंसाको सम्भावना बढ्यो – राजसंस्थावादीले गर्दा।

१४. वर्षमा दक्षलगायतका १० लाख युवा विदेशिन्छन् – राजसंस्थावादीले गर्दा।

१५. छिमेकीले तीव्र विकास गरे, हामीले सकेनौँ – राजसंस्थावादीले गर्दा।

१६. कृषि, पर्यटन, पूर्वाधार, शहरीकरण, भूउपयोग, सूचना–प्रविधि, केही पनि नीति जानेनौँ – राजसंस्थावादीले गर्दा।

१७. समग्र समाजको नराम्रो नैतिक पतन भयो – राजसंस्थावादीले गर्दा।

१८. मान्छे मरेका छन्, खान÷सुत्न पाएका छैनन्, सिंहदरबारमा शीर्ष नेतालाई गणतन्त्र÷धर्म निरपेक्षता जोगाउने चिन्ता छ – राजसंस्थावादीले गर्दा।

१९. मधेस प्रदेश केन्द्रविरूद्ध विद्रोह गर्ने भन्छ – राजसंस्थावादीले गर्दा।

२०. विपत् कोषमा रू ५ अर्ब छ तर भूकम्प पीडितले राहत पाएनन् – राजसंस्थावादीले गर्दा।

२१. राजसंस्थाको भूतले धेरै नै तर्सायो – राजसंस्थावादीले गर्दा।

२२. नयाँ/पुराना सबै प्रचण्डपथगामीहरूको राजनीतिमा प्रश्न उठ्यो – राजसंस्थावादीले गर्दा।

२३. राष्ट्र र राज्यका रूपमा नेपालको तिब्र क्षयीकरण भयो – राजसंस्थावादीले गर्दा।

२४. एक पटक पुरै शक्ति व्यवस्था जोगाउन लगाउन पर्ने भयो– राजसंस्थावादीले गर्दा।

२५. मेरो टिप्पणीः विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीमा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन। समयमै चेतना जागोस्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर