पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय, सनिल नेपाल राजदूत सिफारिस

युरोपेली मुलुक पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने भएको छ।

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारले गएको कात्तिक पहिलो साता बसेको पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो। पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन।

सरकारले एकैपटक बिहीबार राजदूत सिफारिससहित दूतावास स्थापनाको निर्णय सार्वजनिक गरेको हो।

पोर्चुगलमा हाल २० हजारभन्दा धेरै नेपालीहरू बसोबास गरिरहेका छन्। उनीहरूले लामो समयदेखि अलग्गै दूतावास कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए।

हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनीतिक नियोगहरू सञ्चालनमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर