अछाममा किशोरको हत्यापछि फरार महिला काठमाडौंबाट पक्राउ

अछाममा एक किशोरको हत्यापछि फरार महिला काठमाडौंबाट पक्राउ परेकी छन्।

पञ्चदेवल विनायक नगरपालिका-८ का दीपेन्द्रबहादुर शाहीको हत्या आरोपमा प्रहरीले उनकै छिमेकी ३० वर्षीया लक्ष्मी सुनारलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका-१६ स्थित माछापोखरीबाट पक्राउ गरेको हो।

कात्तिक १७ गते बिहान १८ वर्षीय शाहीको हत्या भएको थियो। शाहीको हत्यापछि सुनार फरार थिइन्।

उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर