भूकम्पपीडितलाई हिमालयन बैंकले गर्‍यो २१ लाख रूपैयाँ बराबरको राहत सामग्री सहयोग

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, रूकुम पश्चिमका भूकम्पीडितहरूका लागि २१ लाख रूपैयाँ बराबरको राहत सामाग्री खरिद गरी सहयोग प्रदान गरेको छ ।

गत शुक्रबार राति ११:४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट रूकुम पश्चिम ठूलो जीउधनको क्षति भएको छ ।

विपद्को यस समयमा त्यस क्षेत्रका बासिन्दाहरूलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोटलाई मंगलबार र जिल्ला प्रसाशन कार्यालय रूकुम पश्चिमलाई बुधबार हस्तान्तरण गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *