धनुषा प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मा

प्रहरी प्रधान कार्यालयले धनुषाको प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई खटाएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत शर्माको बिहीबार काज सरूवा भएको हो ।

यसअघि धनुषाको प्रहरी प्रमुख रहेका एसपी विश्वराज खड्कालाई कारबाहीस्वरूप हटाइएको थियो ।

आरती साहको मृत्यु प्रकरणमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई जिम्मेवारीबाट हटाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर