उपरथी ताराध्वज पाण्डेकाे राजीनामा स्वीकृत

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ । पाण्डेले बिहीबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा शुक्रबार स्वीकृत गरेर रक्षा मन्त्रालयमा पठाईएको नेपाली सेनाले जनाएको छ ।

पाण्डेले दिएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

पाण्डेले उमेर कीर्ते गरेको आरोप खेप्दै आएका छन् । उनले उमेर संशोधन गरेर नागरिकता बनाएको आरोप लागेको छ भने उनीविरुद्ध जंगी अड्डा र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।

उनलाई भावि प्रधानसेनापतिको रुपमा अगाडी बढाउका लागि गत साता रथीमा बढुवाका लागि सिफारिसमेत गरिएको थियो । उनको नागरिकता २ वटा रहेको बताईएको छ । भने उनले एसएलसीको मार्कसिटमा पनि आफ्नो जन्ममिति केरमेट गरेका छन् ।

उपरथी पाण्डे हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकाश पाएपछि प्रधानसेनापतिको रोलक्रममा थिए । प्रधानसेनापति शर्माले २०८१ भदौ २४ मा अवकाश पाउँदैछन् ।

उपरथी पाण्डेको राजीनामा पछि अब कुनै विवाद सार्वजनिक नभएमा उपरथी अशोक सिग्देलकाे बढुवा हुनेछ ।

उपरथी अशोक सिग्देलको बढुवा भएमा उनी भावी प्रधानसेनापतिको रोलक्रममा हुनेछन् । यस्तै रथीमा हाल मिशनमा रहेका निर्मल थापाको बढुवा हुनेछ । उनी हाल अनडाेफ मिशन सिरियामा फाेर्स कमाण्डर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर