लेफ्टिनेन्ट कर्णेल थापाको कमाण्डमा अनडोफ मिशन सिरियामा खटिए २३४ शान्ति सैनिक

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्न मुलुकहरुमा कार्यरत युएन मिशनहरुमा सहभागी हुनेक्रममा बिहीवार युनाइटेड नेशन डिसइङगेजमेन्ट अवजर्बर फोर्स (अनडोफ) सिरियाको लागि प्रमुख सेनानी सुनिलकुमार मल्लको नेतृत्वमा २३४ जना नेपाली शान्ति सैनिकहरू प्रस्थान गरेका छन् ।

नेपाली सेनाको फोर्स मुख्यालय सपोर्ट युनिट (शान्ति सेना) को १२ औँ डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) सातौँ डफ्फा, इन्जिनियर सेमु (शान्ति सेना) आठौँ डफ्फा, लेबल १ अस्पताल पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिट चौथो डफ्फाका नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी मल्लको नेतृत्वमा इथियोपियन एयरलाइन्सको चाटर्ड बिमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

मिशनमा तैनाथ फोर्स मुख्यालय सपोर्ट युनिट ११ औँ डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म छैठौँ डफ्फा, इन्जिनियर सेमु सातौँ डफ्फा, लेबल १ अस्पताल चौथो डफ्फा र क्लोज प्रोटेक्सन युनिट तेस्रो डफ्फाको १५८ जना नेपाली शान्ति सैनिकहरू सेनानी देव गुरुङ्गको नेतृत्वमा बिहीवार नै नेपाल फर्किएको सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।

सिरयिा मिसनमा हाल नेपाली सेनाबाट फोर्स कमाण्डर १ जना, स्टाफ अधिकृत १४ जना र कन्टिन्जेन्टमा ४०० जना गरी कुल ४१५ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर