नेपाल प्रहरीका पाँच एसपी भए एसएसपीमा बढुवा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयले शुक्रबार राती बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जारी गरेको सूचनामा उल्लेख छ ।

बढुवा सिफारिस हुनेहरुमा एसपीहरु वषन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् । बढुवामा बरियतामा अघि रहेका पाँचैजना सिफारिस भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर