सलमान खानको ‘टाइगर ३’ भोलिदेखि प्रदर्शनमा, तोड्ला शाहरूखको ‘जवान’ को रेकर्ड ?

सलमान खान र कट्रिना कैफको फिल्म ‘टाइगर ३’ आइतबारदेखि हलमा रिलिज हुँदैछ ।

यो एक जासूस थ्रिलर फिल्म हो । एक्शनले भरिपूर्ण यो फिल्मलाई लिएर फ्यानहरू निकै उत्साहित छन् । यसका साथै ‘टाइगर ३’ को अग्रिम बुकिङ पनि धमाधम भइरहेको छ । रिपोर्टका अनुसार ‘टाइगर ३’ ले दीपावलीमा नयाँ कीर्तिमान बनाउन सक्छ ।

सलमान खान र कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’ रिलिज हुन एक दिन मात्र बाँकी छ । सलमान खानको ‘टाइगर ३’ लाई लिएर निकै चर्चा छ । फिल्मले अहिलेसम्म अग्रिम बुकिङबाट भारू १५ करोडभन्दा बढी कमाइ गरिसकेको छ । तर, के ‘टाइगर ३’ ले शाहरूख खानको ‘जवान’ को रेकर्ड तोड्न सक्दैन ? आउनुहोस् जानौं, तथ्यांकले के भन्छ :

‘टाइगर ३’ ले पहिलो दिन कति कमाउँछ ?
‘टाइगर ३’ ले ओपनिङकै दिन ठूलो कमाइ गर्ने अनुमान गरिएको छ । हालै ट्रेड एनालिस्ट सुमित कादेलले सामाजिक सञ्जाल एक्समा फिल्म ‘टाइगर ३’ को पहिलो दिनको कमाइको भविष्यवाणी गरेका छन् । कादेलले आफ्नो पोष्टमा लेखेका छन्, ‘टाइगर ३ ले पहिलो दिन ४० करोड वा सोभन्दा बढी कलेक्शन गर्न सक्छ । दीपावलीमा लक्ष्मी पूजाको दिन कमाइको यो आँकडा निकै ठूलो छ । यद्यपि, भोलिपल्ट अर्थात सोमबार टिकट काउन्टरमा ठूलो भीड हुने अपेक्षा गरिएको छ ।’

‘टाइगर ३’ ले तोड्न सक्ला शाहरूखको ‘जवान’ को रेकर्ड ?
अब भने ‘टाइगर ३’ ले शाहरूख खानको ‘जवान’ को ओपनिङ डे कलेक्शनको रेकर्ड तोड्न नसक्ने बताइएको छ । तर, ‘टाइगर ३’ लाई लिएर भइरहेको चर्चाका आधारमा यसले आगामी दिनमा जवानको कीर्तिमान तोड्न सक्छ ।

बलिउड हंगामाको रिपोर्टअनुसार ‘जवान’ यस वर्ष सेप्टेम्बर ७ मा सिनेमाघरमा रिलिज भएको थियो र यसले बक्स अफिसमा ७५ करोड भारू कमाएको थियो । यस्तो अवस्थामा ‘टाइगर ३’ को ओपनिङ डे कलेक्शनको भविष्यवाणीले यो फिल्म पहिलो दिन शाहरूख खानको ‘जवान’ लाई पछाडि पार्न नसक्ने बताइएको छ । तर, त्यसपछिका दिनहरूबारे केही भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर