पशुपतिको गौशालामा मनाइयो गाईतिहार (तस्बिरहरू)

कार्तिक कृष्ण औंसीका अवसरमा आज गाईको पूजाआजा गरी गाईतिहार मनाइएको छ ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज परेको गाईतिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएका गाईलाई पूजा गर्नेको घुँइचो थियो । उनीहरूले गाईको पूजा गरी गाईलाई भोजन गराएका छन् ।

गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

राष्ट्रिय जनावर गाईलाई श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन (आज) गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ ।

 

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर