सलमानको ‘टाइगर ३’ ले उछिन्यो शाहरूखको ‘जवान’ लाई, अहिलेसम्म कति गर्‍याे कमाइ?

बलिउड सुपरस्टार सलमान खानको हाल प्रदर्शनमा रहेको फिल्म ‘टाइगर ३’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ।

दीपावलीको अवसरमा आइतबारदेखि प्रदर्शनमा ल्याइएको सलमान खान र कट्रिना कैफ स्टारर यो फिल्मलाई दर्शकहरूले निकै रूचाइरहेका छन्।

सलमानको यो फिल्मले पहिलो दिन बक्स अफिसमा राम्रो कमाइ गरेको थियो र उनको करियरको उत्कृष्ट ओपनिङ फिल्मसमेत बन्न पुग्यो।

फिल्मले दोस्रो दिन पनि उत्कृष्ट कलेक्सन जारी राखेको छ।

सलमानले आफ्ना साथी शाहरूख खानले बनाएको वर्ष २०२३ को कीर्तिमानसँग कडा प्रतिस्पर्धा गरिरहेका छन्।

‘टाइगर ३’ को कमाइको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ।

सकनिल्कको रिपोर्टअनुसार फिल्मले दोस्रो दिन भरपुर फाइदा उठाउँदै ५७.५२ करोड भारतीय रूपैयाँ कमाएको छ।

फिल्मले पहिलो दिन ४४.५० करोड कमाएको थियो। यस हिसाबले हेर्दा फिल्मले १०२ करोड कमाइसकेको छ।

फिल्मको दोस्रो दिनको कमाइमा १३ करोडको उछाल आएको छ।

शाहरूखसँग टक्कर
सलमान खानको यो फिल्मको कमाइ यति राम्रो भइरहेको छ कि यसले सन् २०२३ मा रिलिज भएको शाहरूख खानको फिल्मलाई पछाडि छोडेको छ।

शाहरूखको फिल्म ‘जवान’ ले दोस्रो दिन ५३.२३ करोड कमाएको थियो। यस दृष्टिकोणबाट हेर्ने हो भने सलमान खानको फिल्मले दोस्रो दिनको कमाइको मामिलामा शाहरूखको ‘जवान’ लाई पछि पारेको छ। फिल्मको कलेक्सन उत्कृष्ट भइरहेको छ।

तर ‘पठान’ सँग पर्‍याे पछि
सलमानको ‘टाइगर ३’ ले शाहरूख खानको ‘जवान’ लाई पछि पारे पनि यो वर्ष रिलिज भएको शाहरूख खानको ‘पठान’ फिल्म अझै अगाडि छ। ‘पठान’ ले रिलिजको दोस्रो दिन ७० करोडभन्दा बढी कमाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *