रहेनन् वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले बताए ।

स्वर्गीय मानन्धर पहिलो पारिजात बालसाहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित थिए ।

साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गरेका थिए । छ दशकभन्दा लामो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बालखुराक पस्कँदै आएका थिए ।

साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि भोलि गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर