पोखरामा खुर्पा प्रहार गरी बुवाको हत्या गरेर भागेका युवक पाल्पाबाट पक्राउ

कास्कीको पोखरामा एक युवाले खुर्पा प्रहार गरेर आफ्नै बुवाको हत्या गरेका छन्।

पोखरा उपमहानगरपालिका-१७, विरौटाको गोधुली संसारपथका २२ वर्षीय रविन क्षेत्रीले मंगलबार ५५ वर्षीय बुवा रामु क्षेत्रीको खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले गरेको खुर्पा प्रहारबाट गम्भीर घाइते रामुको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा मंगलबार साँझ मृत्यु भएको थियो।

बुवालाई खुर्पा प्रहार गरे भागेका उनलालाई पक्राउका लागि प्रहरीले देशैभरका संरचना प्रयोग गरेको थियो। फरार अभियुक्तलाई पाल्पाको प्रभासमा ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ।

उनले बुवाको हत्या गर्नुको कारण खुलेको छैन।

उनलाई मंगलबार साँझ नै पोखरा ल्याई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर