नुवाकोटमा हार्डवेयर पसलमा आगलागी

नुवाकोटको विदूर नगरपालिका-४ स्थित ठाकुरप्रसाद खतिवडाले सञ्चालन गरेको खतिवडा सप्लायर्स हार्डवेयर पसलमा आगलागी भएको छ।

गएराति एक्कासी विद्युत सर्ट भई आगलागी हुँदा हार्डवेयर पसल जलेर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी उपरीक्षकको कमाण्डमा ४५ जना, सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हेडक्वार्टर नुवाकोटबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३० जनाको टोली दुईवटा दमकलसहित खटिएको थियो।

स्थानीयसमेतको सहयोगमा राति १२:४० बजे आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर