तिहारमा विगत वर्षभन्दा आपराधिक घटना कम, सडक दुर्घटना बढी : नेपाल प्रहरी

नेपाल प्रहरीले तिहारमा छिटफुट घटनाबाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् ।

‘समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो । छिटफुट घटना भए पनि विगतका जस्तो ठूलो ग्याङ फाइट भएको छैन । सडक दुर्घटना चाहिँ केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्यांक सार्वजनिक गरिनेछ,’ उनले भने ।

तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ । दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवातास खेल्ने पक्राउ परेका छन् ।

प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्यांक संलनको कार्य भइरहेकाले एक-दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर