दार्चुलामा गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटना

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार जीप दुर्घटना भएको छ ।

नौगाड-२, सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं. ३-०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड-३, बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक जयभानसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ ।

उक्त जीप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर