अधिकांश बैंकको मुद्दती निक्षेपकाे ब्याजदर घट्यो

अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। २० वाणिज्य बैंकले आगामी मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। तीमध्ये धेरैले ब्याजदर घटाएका हुन्।

माछापुच्छ्रे बैंकले बढाएको छ भने आधा दर्जन वाणिज्य बैंकहरूले कात्तिकको ब्याजदरलाई निरन्तरता दिएका छन।

कात्तिकको तुलनामा मंसिरमा व्याक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.३३१ प्रतिशतले घटेर ९.६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.५४६ प्रतिशतमा झरेको छ।

कुन बैंकको मुद्दती निक्षेपको ब्याजदर कति?
एभरेष्ट बैंकले मंसिरको लागि ०.२२ प्रतिशतले ब्याजदर घटाएर व्याक्तिगत मुद्दतीतर्फ अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

त्यसैगरी नेपाल एसबीआई बैंकले मुद्दती निक्षेपको ब्याजदर ०.०९७ प्रतिशतले घटाएर व्याक्तिगत मुद्दतीतर्फ १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.९६ प्रतिशत र संस्थागततर्फ ६.९६ प्रतिशत, स्टान्डर्ड चाटर्ड बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८.९७ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

प्रभु बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्याक्तिगत मुद्दतीतर्फ अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

नबिल बैंकले व्याक्तिगत मुद्दतीतर्फ अधिकतम ९.२२ प्रतिशत र संस्थागततर्फ ७.२२ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतीतर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

माछापुच्छ्रे बैंकले निक्षेपको ब्याजदर बढाएको छ। यस बैंकले व्याक्तिगत मुद्दतीतर्फ अधिकतम १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

हिमालयन बैंकले निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

प्राइम कमर्सियल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइन, सिटिजन्स र एनएमबि बैंकले मुद्दती निक्षेपको ब्याजदर स्थिर नै राखेका छन्।

प्राइम कमर्सियल बैंकले व्याक्तिगत मुद्दतीतर्फ अधिकतम १०.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ८.२५ प्रतिशत, कुमारी बैंकले व्याक्तिगत मुद्दतीतर्फ अधिकतम १०.०१ प्रतिशत र संस्थागततर्फ अधिकतम ८.०१ प्रतिशत, लक्ष्मी सनराइन बैंकले व्याक्तिगत मुद्दतीतर्फ अधिकतम १० प्रतिशत र संस्थागततर्फ अधिकतम ८ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

त्यस्तै सिटिजन्स बैंकले व्याक्तिगत मुद्दतीतर्फ अधिकतम ९.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.९५ प्रतिशत, र एनएमबी बैंकले व्याक्तिगत मुद्दतीतर्फ अधिकतम ९.७६ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यी बैंकहरुले कात्तिकको दरलाई मंसिरमा पनि निरन्तरता दिएका छन्।

ग्लोबल आईएमई बैंक र कृषि विकास बैंकले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका छन्।

ग्लाबेल आईएमई बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ९.६ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.६ प्रतिशत र कृषि विकास बैंकले व्याक्तिगत मुद्दतीतर्फ अधिकतम ९.५१ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर