काठमाडौं उपत्यकामा गत २० दिनमा जुवातास खेल्ने १३३ जना समातिए, २१ लाख बरामद

प्रहरीले गत २० दिनको अवधिमा तास र लंगुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ ।

कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूका.साथबाट २१ लाख ७१ हजार ३३५ रूपैयाँ रकम बरामद भएको कार्यालयका एसएसपी दिनेश मैनालीले जानकारी दिए । ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रूपैयाँ बरामद गरेको छ ।

काठमाडौंको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेका एसएसपी न्यौपानेले जानकारी दिए ।

यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले गरेको छ ।

प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ र ३४४ प्याकेट पटाका बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर