काठमाडौं उपत्यकामा गत २० दिनमा २६६ दुर्घटना, ७ जनाको मृत्यु, ३३० घाइते

काठमाडौं उपत्यकामा बितेको २० दिनमा २६६ वटा दुर्घटना हुदाँ ७ जनाले ज्यान गुमाएका छन् । ३३० जना घाइते भएका छन् ।

ललितपुरमा ४, काठमाडौंमा २ र भक्तपुरमा एक जनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो ।

७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेका हुन् भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएर भएको प्रहरीले जनाएको छ । काठमाडौंमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरूसँग ठोक्किएर भएको छ ।

ललितपुरमा १९ वटा आफैं दुर्घटना र ३० वटा अरूसँग ठोक्किएर दुर्घटना भएको छ । भक्तपुरमा १६ वटा आफैं दुर्घटना भएको छ र ६८ वटा अरूसँग ठोक्किएर भएको छ ।

यी सबै घटनामा गरी १०८ जना पक्राउ परेका उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर