‘दिमाग खराब’ मंगलबारसम्म प्रदर्शन हुने

प्रदर्शनरत नेपाली चलचित्र ‘दिमाग खराब’ आगामी मंगलबारसम्म प्रदर्शन हुने भएको छ ।

यसअघि हलहरूले नेपाली चलचित्रलाई गिराउने काम गरेको भन्दै दुई बुँदे माग राख्दै चलचित्र निर्माता टिमले फिल्म हलबाट निकाल्ने बताएको थियो ।

विदेशी चलचित्रसरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले प्रदर्शनी रोक्ने घोषणा गरिसकेका थिए । बिहीबार नेपाल चलचित्र संघ र ‘दिमाग खराब’ को निर्माताहरूबीच सकारात्मक छलफल भएपछि फिल्म मंगलबारसम्म प्रदर्शन गर्ने निर्णय भएको हो ।

बाँकी विषयमा आउँदो मंगलबार पुन: छलफल गर्ने र त्यतिञ्जेल चलचित्र पनि प्रदर्शन जारी राख्ने निर्णय भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर