भारतले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ’ समिटको आयोजना गर्दै

भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले दाेस्राे भ्वाइस अफ ग्लाेबल साउथकाे दाेस्राे संस्करणकाे आज उद्घाटन गर्दैछन्। भारतले आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको हो ।

भर्चुअल माध्यमबाट हुने याे संस्करणलाई प्रधानमन्त्री माेदीले सम्बाेधन समेत गर्नेछन् । भारतले भ्वाइस अफ ग्लाेबल साउथकाे पहिलाे संस्करण समेत करिब एकवर्ष अघि भर्चुअल माध्यमबाटै गरेकाे थियाे।

उद्घाटन सत्रको विषयवस्तु ‘एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै’ र समापन सत्रको विषयवस्तु ‘ग्लोबल साउथ: एक भविष्यका लागि एकसाथ’ रहेको छ । सम्मेलनमा आठवटा मन्त्रीस्तरिय सत्रहरु रहने जनाइएको छ ।
भारतले यसअघि आयाेजना गरेकाे समिटमा तत्कालिन पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सहभागिता जनाएका थिए । बैठकमा अन्य चौध राष्ट्रका अर्थमन्त्री पनि उपस्थित थिए । यस्तै यसैवर्ष भारतमा सम्पन्न जी–२० सम्मेलनको फाइन्यान्स ट्रयाक बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर