
इजरायली सेनाको दाबी- शिफा अस्पताल परिसरमा हमासको आतंकवादी सुरूङ भेटियो


इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतंकवादी सुरूङ पत्ता लागेको बताएको छ । आईडीएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतंकवादी सुरूङ फेला पारेको छ । त्यस्तै अल-कुद्स अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलाबारूद्ध फेला परेको पनि उसले जनाएको छ ।
सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोष्टमा आईडीएफले भनेको छ, ‘गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, शिफा अस्पताल परिसरभित्र एउटा हमास आतंकवादी सुरूङ भेटियो ।’ अर्को पोयटमा उसले भनेको छ, ‘रान्तिसी अस्पतालभित्र आईडीएफ सैनिकहरूले अर्को एउटा आतंकवादी सुरूङ पत्ता लगाएका छन् ।’
आईडीएफका अनुसार सालदाग एसएफ एकाइ, सातौं ब्रिगेड र अतिरिक्त एसएफ इकाइहरूले शिफा अस्पतालभित्र हमासको सुरूङ पूर्वाधारको पर्दाफास गरेका हुन् । ‘उनीहरूले गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरिएको बुबी-ट्र्याप सवारी पनि पत्ता लगाएका छन्, उक्त सवारीमा ठूलो मात्रामा हतियार र गोलाबारूद थिए ।’
आईडीएफले अल-कुद्स अस्पतालभित्र हतियार र गोलाबारूदको तस्बिर एक्समा पोष्ट गर्दै भनेको छ, ‘अल-कुद्स अस्पतालभित्र ठूलो मात्रामा हतियार र गोलाबारूद फेला पर्याे, यी सबै पछिल्लो २४ घण्टामा भेटिएका थिए ।’
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया