चमेरोले बचाउँछ क्यान्सरबाट

चमेरोले मानिसलाई क्यान्सरबाट बच्न सिकाउँछ। अक्सफोर्ड युनिभर्सिटी प्रेसद्वारा प्रकाशित जीनोम बायोलोजी एण्ड इभोलुसनको हालैको एक अध्ययनले यस्तो खुलासा गरेको हो।

अध्ययनका अनुसार मानिसले चमेरोबाट क्यान्सर रोकथामबारे सिक्न सक्छ र दीर्घायु र बलियो रोग प्रतिरोधात्मक क्षमताबारे पनि बुझ्न सक्छ। यस अध्ययनले चमेरोसँग उड्ने क्षमता मात्र नभएर दीर्घायु, कम क्यान्सर दर र बलियो प्रतिरक्षा प्रणाली पनि हुने देखाएको छ।

यति मात्र होइन, चमेरामा भाइरल संक्रमण सहन सक्ने क्षमता पनि अधिक हुन्छ। यी सबै विशेषताहरूलाई ध्यानमा राख्दै मानिसले चमेरोबाट धेरै कुरा सिक्न सक्छ, जसले चमेरोलाई मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानका लागि एक रोचक प्राणी बनाउँछ।

चमेराका यस्ता सबै विशेषताहरू बुझ्ने हो भने मानव जीवनमा रोगको प्रकोप रोक्न मद्दत पुग्ने अनुसन्धानकर्ताहरूको विश्वास छ।

अनुसन्धानमा जे देखियाे

यसका लागि अनुसन्धानकर्ताहरूले जमैकन फ्रुट ब्याट र मेसोअमेरिकन मस्ट्याक चमेराका दुई प्रजातिको जीनोम संकलन गरेका थिए। त्यसपछि सबै प्रकारका परीक्षणहरू गरियो। यसपछि दुई प्रजातिहरूबीच तुलनात्मक जीनोमिक विश्लेषण गरियो।

यस अनुसन्धानमा शोधकर्ताहरूले दुवै प्रजातिमा ६ डीएनए रिपेयर प्रोटिन र करिब ४६ प्रकारका अन्य प्रोटिनहरू रहेको पत्ता लगाए, जुन क्यान्सरसँग सम्बन्धित छन्। अनुसन्धानकर्ताहरूका अनुसार यी यस्ता प्रोटिन हुन् जो क्यान्सरजस्ता गम्भीर रोगलाई दबाउन सक्षम छन्।

यति मात्र होइन, अनुसन्धानले यो पनि पत्ता लगायो कि क्यान्सरको जोखिमलाई धेरै हदसम्म कम गर्न सक्षम यी प्रोटिनहरू अन्य कुनै प्राणीको तुलनामा चमेरोमा धेरै गुणा बढी हुन्छन्।

विज्ञहरूका अनुसार चमेरोमा गरिएको यस्तो अनुसन्धानले मानिसको आयु बढ्दै जाँदा क्यान्सरलाई धेरै हदसम्म बुझ्न र यसको जोखिम कम गर्ने पहिलो कदम साबित हुन सक्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर