देवेन्द्रराज कँडेललाई कांग्रेस सहकारी विभाग प्रमुखको जिम्मेवारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको २ वर्षपछि पार्टीको सहकारी विभाग प्रमुख मनोनित गरेका छन्।

देउवाले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई सहकारी विभाग प्रमुखमा मनोनयन गरेका हुन्। कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्ने उल्लेख छ। कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर अन्तिम साता भएको थियो।

तर, देउवाले विधानअनुसार अधिकांश विभाग गठन गरेका छैनन्। गठन गरिएका १७ विभागमा पनि प्रमुख मात्र मनोनयन गरेका छन्। सदस्यहरूको अत्तोपत्तो छैन।

विधानमा ४८ विभाग गठनको व्यवस्था रहेकामा साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा विभाग संख्या ७० पुर्‍याउने निर्णय गरेको थियो। संख्या बढाउन भूमिका निर्वाह गरेका थापा र शर्माले विभाग गठनमा आफ्नो उपस्थिति देखाउन सकेका छैनन्।

कांग्रेसले अहिलेसम्म कोषाध्यक्षसमेत चयन गर्न सकेको छैन। केन्द्रीय सदस्यहरूमध्येबाट कोषाध्यक्ष छान्ने व्यवस्था विधानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर