टिकटक प्रतिबन्धविरूद्धको रिटमा आज भएन सुनुवाइ

चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि आज सुनुवाइ नहुने भएको छ।

सोमबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिए पनि न्यायाधीश चुडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने भएको हो।

टिकटकमाथिको प्रतिबन्धविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

कात्तिक २७ गते सरकारले छोटा भिडियो अपलोड गरिने सामाजिक सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्देज लगाउने निर्णय मन्त्रिपरिषदबाट गरेको थियो।

उक्त निर्णयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दाबी गर्दै १० वटा रिट निवेदन गत शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएका थिए।

सोमबार सुनुवाइ नभएपछि मंगलबारका लागि पेसी राख्ने तयारी सर्वोच्च प्रशासनले गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर