Breaking News

एयरपोर्टबाट दुई किलो कोकिनसहित भारतीय महिला पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो कोकिनसहित एक जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

कतारको दोहाबाट काठमाडौं आएकी ती महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही भइरहेको स्रोतले जनाएको छ ।

हिमालयन एयरको उडान नम्बर एच९५६४ मा दोहाबाट बिहान १० बजे काठमाडौं विमानस्थल उत्रिएकी उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा ती महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो । घटनाको पुष्टि गर्दै ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले इथोपियाबाट कतार आएकी ती महिला भुटान जाने तयारीमा रहेको खुलेको बताए ।

पक्राउ परेकी भारतीय महिला ३२ वर्षीया किम्रो सांगी हुन् । उनको साथबाट एक किलो ९७३ ग्राम कोकिन बरामद भएको ब्यूरोले जनाएको छ । उनी भारतकाे असाम निवासी रहेकाे खुलेकाे छ ।

‘हामीले घटनाको अनुसन्धान गरिरहेका छौं, विस्तृत विवरण ब्यूरोले केही समयमै सार्वजनिक गर्नेछ,’ एसपी जोशीले पर्दाफाससँग भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *