न्यायाधीश सिफारिसमा सहमतिका लागि सर्वोच्चमा बैठक, कानुनमन्त्री पनि सहभागी

सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीश पदमा नियुक्ति सिफारिसका लागि सहमति जुटाउन न्याय परिषदको छलफल सुरू भएको छ ।

सर्वोच्च अदालतमा सोमबारदेखि भइरहेको छलफलले मंगलबार पनि निरन्तरता पाएको हो । छलफलमा न्याय परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री धनराज गुरूङसमेत सहभागी छन् ।

छलफलमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, र न्याय परिषदका सदस्यहरू रामप्रसाद श्रेष्ठ तथा रामप्रसाद भण्डारी पनि उपस्थित छन् ।

सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीशका लागि क-कसलाई सिफारिस गर्ने भन्ने सम्बन्धमा सहमति जुट्न नसक्दा सोमबार न्याय परिषदको बैठक नै बस्न सकेन ।

पहिले अनौपचारिक छलफल गरी सहमति गर्ने र त्यसपछि न्याय परिषदको बैठक बसेर औपचारिक निर्णय गर्ने तयारीस्वरूप मंगलबार पनि सर्वोच्च अदालतमा परिषदका पदाधिकारी र सदस्यबीच अनौपचारिक छलफल भइरहेको हो ।

मंगलबारको छलफलमा परिषदका सदस्यहरूबीच सहमति भएमा त्यसपछि न्याय परिषद्को बैठक बसेर औपचारिक रूपमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर