माइतीघरदेखि नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणाविरूद्ध सर्वोच्चमा रिट

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौं प्रशासनको निर्णयविरूद्ध रिट दिएका हुन्। रिटको पेसी बुधबारका लागि तोकिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विज्ञप्ति जारी गरेर माइतीघर-नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख गरेको थियो।

नेकपा (एमाले) को भातृ संस्था युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा मंसिर ७ गते प्रदर्शन गर्ने तयारी गरेका थिए।

एकैदिन दुई पक्षबीच एकै ठाउँमा प्रदर्शन गर्न लागेपछि प्रशासन कार्यालयले शान्तिसुरक्षा कायम गर्न, दंगा भड्किन नदिन भन्दै सोमबारदेखि ३० दिनसम्म माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो।

यस्तै प्रशासनले दुबै पक्षलाई प्रदर्शन गर्न ठाउँ पनि तोकिसकेको छ। युवा संघले तीनकुने र दुर्गा प्रसाईंले बल्खुमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर