सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस, काे-काे परे ? (नाम सहित)

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि ६ जनाको नाम सिफारिस भएको छ। मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ।

कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ। उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन्। रिक्त एक पदमा अझै सिफारिस भएको छैन।

प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरूको नियुक्ति हुनेछ।

सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशहरू उमेरहदका कारण अवकाश भइरहने तर नयाँ सिफारिस हुन नसक्दा साढे दुई वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरू रिक्त हुदै आएको थियो। अहिले सर्वोच्च अदालतमा २१ मध्ये ७ जना न्यायाधीश छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर