भारतले भूकम्प प्रभावितका लागि पठायो चौथो चरणको राहत सामाग्री

भारतले जाजरकोट र रुकुमपश्चिमसहितका जिल्लाहरुका भूकम्प प्रभावितका लागि अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री पठाएको छ ।

राहत सामग्री सोमबार नेपाल आइपुगेको र सोही दिन हस्तान्तरण गरिएको थियो । नेपाल चिकित्सक संघको माग अनुसार भारतले यी राहत सामग्री उपलब्ध गराएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

राजदूतावासले राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश रहेको जनाएको छ । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको राजदूतावासले जनाएको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको भारतको भनाई छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने समेत राजदूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर