वन उपभोक्ता समूहको बैंक खाताबाट ९ लाख हिनामिना, अध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरूद्ध भ्रष्टाचार दर्ता भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार अध्यक्ष आपसी मिलेमतोमा संयुक्त दस्तखतबाट समूहको बैंक खातामा रहेको रकम अनियमित रूपमा झिकेर हिनामिना गरेको अभियोगमा उनीहरूविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

अध्यक्ष लामा, सचिव संगीता चौलागाईं, कोषाध्यक्ष माधवप्रसाद चौलागाईंविरूद्ध मुुद्दा दर्ता भएको हो ।

उनीहरूले ९ लाख १४ हजार २८० रूपैयाँ हिनामिना गरेको आरोप छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ९ लाख १३ हजार २८० रूपैयाँ बिगो रकम कायम गरी असुलउपरसमेतको मागदाबी लिएर मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर