नेपाल प्रहरीका ५ एसपी एसएसपीमा बढुवा, आईजीपीले लगाइदिए दर्ज्यानी चिह्न

नेपाल प्रहरीका पाँच जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्।

नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयअनुसार उनीहरूलाई बढुवा गरिएको हो।

एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा भएका हुन्।

उनीहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्नसमेत लगाइदिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर