कतारका विदेश राज्यमन्त्री बिहीबार नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल-मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँदै छन्।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। राज्यमन्त्री अल-मुरैखीस भ्रमण सम्पन्न गरी शुक्रबार काठमाडौंबाट फिर्ता हुने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर