प्रहरी अस्पतालका इन्स्पेक्टरलाई सातदिनभित्र हाजिर हुन् गृहमन्त्रालयको निर्देशन

गृह मन्त्रालयले लामो समयदेखि गैरहाजिर रहेका नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराईलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका प्रहरी अस्पतालमा कार्यरत इन्स्पेक्टर भट्टराईलाई सात दिनभित्र उपस्थित हुन मन्त्रालयले सचिवस्तरीय निर्णयगर्दै सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

उनी प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक इन्स्पेक्टर हुन् । अस्पताल स्रोतका अनुसार इन्स्पेक्टर भट्टराई सपरिवार न्युजील्याण्डमा रहेका छन् । उतै रोजगारीमा रहेका उनी एकवर्षअघिमात्र बढुवा भएका थिए ।

कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ । साथै भविष्यमा सरकारी सेवाको लागि योग्य नठहरिने गरी सेवाबाट हटाउने पनि मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर