जीवित श्रीमानकाे मृत्युदर्ता गराएर श्रीमतीले विधवा भत्ता खाएपछि…

श्रीमान जीवितै छँदै उनको मृत्युदर्ताको प्रमाणपत्र बनाएर एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा श्रीमतीसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिवकुमार महतो र सोही वडाकी निर्मला खत्रीविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

खत्रीका श्रीमानले नै आफू जीवित छँदै मृत्यदर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो।

छानबिनमा महतो र खत्रीको मिलेमतोमा नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचयपत्र बनाएको र ४५ हजार २२० रूपैयाँ भत्ता लिएको देखिएको अख्तियारले जनाएको छ।

उनीहरू दुवैविरूद्ध भत्ताबापत लिएको रकम बराबर बिगो कायम गरी मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *