निषेधित क्षेत्र घोषणाविरूद्धको रिटमा कारण देखाऊ आदेश

माइतीघरदेखि बानेश्वरसम्मलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गर्दै लिखितरूपमा जवाफ दिन जिल्ला प्रशासनलाई भनेको हो।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)ले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न आदेश माग्दै रिट दायर गरेका थिए। विपक्षीहरुको लिखित जवाफ पेश परेपछि संयुक्त इजलासमा यी रिटहरुमाथि सुनुवाइ भई अन्तरिम आदेश जारी हुने वा नहुने निर्क्योल हुनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डलालगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

मेडिकल व्‍यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) पक्षको युवा संघले एकैदिन पारेर माइतीघर केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको थियो। उक्त घोषणापछि शान्ति सुरक्षा भड्किएर झडप हुन सक्ने आकलन जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ं र सुरक्षा निकायहरूको विश्लेषण थियो।

त्यसलाई मध्यनजरमा राख्दै काठमाडौं प्रशासनले गत सोमबार माइतीघर देखि नयाँ बानेश्वरसम्मलाई प्रदर्शन गर्न र पाँच जनाभन्दा बढी भेला हुन नदिने गरी निषेधित क्षेत्र तोकेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर