बर्दियामा आगलागी, चार जनाको मृत्यु

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तुलापुर स्थित भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनास्थलमा तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियको सहयोगमा घाईतेको उद्दार तथा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरको एउटा कोठा पुर्ण रुपमा जली नष्ट हुनुका साथै ४ जनाको घटनास्थलमै मृत्यु भएको तथा १ जना घाईतेको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर