२६ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन नआए कारबाही गरिने

नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजी गरिरहेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार एक सुचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

जानकारीबिनै दुईरतीन महिनादेखि सम्पर्कविही भएका उनीहरुलाई पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।

सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने समेत कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर