दुर्गा प्रसाईंले फिर्ता लिए सर्वोच्चमा दर्ता गराएको रिट

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन् ।

प्रशासनले आफूलाई नजरबन्दमुक्त गरिसकेको भन्दै प्रसाईंले रिट निवेदन फिर्ता लिएका हुन् ।

शुक्रबार प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

गत शुक्रबार काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएपछि प्रसाईंले पत्रकार सम्मेलन गरी आफूलाई घरमै नजरबन्दमा राखेको दाबी गरेका थिए ।

अघिल्लो दिन मंसिर ७ गते बल्खुमा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गर्दा युवा संघसँग झडप भएको थियो ।

त्यसको भोलिपल्ट युवा संघको प्रदर्शनस्थल तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका उनले आफूलाई नजरबन्दमा राखिएको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंका गतिविधि सामाजिक सद्भाव बिथोल्ने र हिंसा भड्काउने खालका भएको दाबी गर्दै तीनकुनेमा कार्यक्रम गर्न रोक लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर