शेयर बजारमा उछाल, चार कम्पनीको मूल्यमा नयाँ रेकर्ड

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलव ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलब ८१ म पुगेको छ ।

आजको कारोबारमा सबैभन्दा महँगो कम्पनी युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । युनिलिभरका अलवा भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य हालसम्मकै उच्च भएको हो ।

आइतबार एकै दिन युनिलिभरको मूल्य ६.७२ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ७ सय रूपैयाँ बढेको छ । यो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ४२ हजार ९ सय रूपैयाँ पुगेको छ । बजारमा सूचीकृतमध्ये युनिलिभर सबैभन्दा महँगो कम्पनी हो ।

त्यस्तै भगवती हाइड्रोपावरको मूल्य आइतबार १० प्रतिशत अर्थात् प्रतिकित्ता ३९ रूपैयाँ ८० पैसा बढेर ४३७ रूपैयाँ ८० पैसा पुगेको छ ।

माण्डु हाइड्रोपावरको मूल्य प्रतिकित्ता १६ रूपैयाँ बढेर ५३१ रूपैयाँ पुगेको छ भने मिडसोलु हाइड्रोको मूल्य प्रतिकित्ता २२ रूपैयाँ (६.२ प्रतिशत) बढेर ३७५ रूपैयाँ पुगेको छ ।

समग्र हाइड्रोपावर समूह नै न्यूनतम विन्दुमा रहेका बेला तीन कम्पनीले भने हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएका हुन् । आइतबार सेयर बजार ४७ अंकले बढेको छ ।

नेप्सेका अनुसार कुल ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर रु दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड ६६ लाख ६७ हजार दुई सय ६० रूपैयाँ बराबरको कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सात करोड ५६ लाख ९४ हजार पाँच सय २१ रूपैयाँ, नबिल बैंक सात करोड ३७ लाख १२ हजार दुई सय ८० रूपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स छ करोड ३४ लाख ८६ हजार तीन सय छ रूपैयाँ र आइएमई लाइफ इन्स्योरेन्स पाँच करोड ९८ लाख ८३ हजार पाँच सय २४ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर, विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त नौ दशमलब ८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले नौ दशमलब ८८ प्रतिशतले कमाएका छन् ।

यस्त इन्फिनिटी लघुवित्त दुई दशमव ४७, एनएमबी सुलभ इन्भेक्ष्टमेन्ट फण्ड दोस्रो, आशा लघुवित्त दुई दशमलब ४४, आत्मनिर्भर लघुवित्त दुई दशमलव ३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *