प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो।

गणतन्त्रविरोधी प्रदर्शनको अगुवाइ गरिरहेका प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ।

पक्राउ पर्ने अन्यमा श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना, हरि विशुंखे, भुवन परियार, दीपक गोस्वामी, देवेन्द्र कार्की, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का र मेहरमान बस्नेत छन्।

प्रसाईं नेतृत्वको नागरिक तथा राष्ट्र बचाउ महाअभियानले मंसिर ७ गतेदेखि काठमाडौंमा गणतन्त्रको विरोधमा प्रदर्शन गर्दै आएको छ।
पहिलो दिन अभियानले बल्खुमा प्रदर्शन गरेको थियो। त्यसपछिका दिनमा अभियानले तीनकुने, गौशालालगायतका क्षेत्रमा प्रदर्शन गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *