तीनवटा भ्रातृ संस्थामा कांग्रेस सभापति देउवाले गरे अध्यक्ष नियुक्ति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

समयमा अधिवेशन नहुँदा स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा देउवाले मंगलबार अध्यक्ष नियुक्त गरेका हुन् ।

देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल , राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ र कपिलवस्तुका मेघराज टण्डनलाई नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उल्लेखित तीनवटै भ्रातृ संस्था कांग्रेसको विधानअनुसार म्याद सकिएर स्वतः विघटन भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर